सर्ट फिल्म ‘मन बार’ विवाद भएपछि हटाइयो
छोटो फिल्म ‘मन बार’ र हिन्दी छोटो फिल्म ‘नामर्द’सँग हुबहु मिले पछि अहिले यो फिल्म हेर्न नमिल्ने गरि प्राइभेट गरिएको छ ।
रुपेन्द्र खड्गीले यो फिल्मको कथा, पटकथा तथा संवाद लेखेका हुन् । तर, फिल्मको कथा ‘नामर्द’ नामक छोटो फिल्मसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् ।
सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो फिल्म ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो फिल्ममा पटकथा, सम्पादन तथा निर्देशन रहेको छ ।
छोटो फिल्म ‘मन बार’ बारे अभिनेत्री सुरक्षा पन्तले आफुले काम गरेको एक शर्ट फिल्म हिन्दीसँग हुबहु मिलेको बताउदै दुख व्यक्त गरेकी छन् ।
सुरक्षाले अहिले यस बारेमा जानकारी भएको भए आफुले काम नगर्ने बताउदै आइडिया मन परेर काम गरेको बताएकी छन् ।
https://www.youtube.com/watch?v=D6jpqMjXvlk
प्रतिक्रिया