बलिउडको सर्ट फिल्म ‘नामर्द’ नेपालीको ‘मन बार’ संग मिलेपछि….

नेपाली सर्ट फिल्म ‘मन बार’ र बलिउडको ‘नामर्द’को कथावस्तु मिलेपछि चौतफी कलाकारको आलोचना भएको छ । बलिउडको सर्ट फिल्मको हुबहु चोरेको आरोप लागेपछि अभिनेत्री सुरक्षा पन्तले अन्जानमा आफुले यस्तो फिल्ममा खेल्न पुगेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफु हुबहु कपी गर्नेको बिरोधी भएको उल्लेख गर्दै हालै आफुले खेलेको सर्ट मुभिमा खेल्नु आफ्नो गल्ती भएको बताएकी छन् ।
उनले लेखेकी छन्,‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा(short movie), कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी मलाई धेरै दुख लागेको छ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला। कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म ।त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।
तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो । (उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु।) यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ।
अर्को एउटा महत्वपुर्ण पाठ : टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’