आफू मरेको झुटो खबर फैलाउनेलाई प्रहरी केस गर्छु-मुकेश खन्ना

भारतीय कलाकार मुकेश खन्नाले आफू मरेको हल्ला सुनाउनेलाई प्रहरी केस गर्ने बताएका छन् ।

एक साताअगाडि सामाजिक सञ्जालमा मुकेशको कोरोना भाइरसबाट मृत्यु भएको भनी हल्ला फिजाइएको थियो । मुकेशले इन्स्टाग«ाममा भिडियो पोस्ट गर्दै झुटो खबर फैलाउनेलाई कडाभन्दा कडा सजाय दिने कुरा उल्लेख गरेका छन् ।

भिडियोमा मुकेश खन्ना निकै आक्रोशमा देखिन्छन् ।

उनले भिडियाेमा भनेका छन्,‘कसले मेरो मृत्युको झुटो समाचार फैलायो ? करिब सात दिन मौन बसेपछि म बोल्दैछु । तिम्रो पनि परिवार होला । परिवारको बारेमा कसैले झुटो हल्ला फैलाउँदा तिमीलाई कस्तो होला ? कमजोर मुटु भएका मानिसलाई गाह्रो पर्न सक्छ । तिमीमा चेतना छ कि छैन ? तिमीमा अलिकति पनि संवेदना छैन ?’

‘कलाकारको मृत्यु भएको खबर फैलाएर के पाउँछौ तिमीहरू ? तिमीहरूको कति दरिद्र सोच हो । मैले तिमीहरूलाई खोजेर प्रहरी केस गर्नेछु’, मुकेश खन्नाले थपे ।