कोरोनाको फैलदो रुपलाई लिएर माग्नेबुढाले लेखे, ‘स्वार्थीको सहर’

कलाकार तथा निर्माता केदार घिमिरे ‘माग्ने बुढा’ सामाजिक सञ्जालमा राम्रै सक्रिय रहन्छन् । अरु बेला पनि सामाजिक सञ्जालमा सक्रिय रहने केदार घिमिरे निषेधाज्ञा पछि यसै नै सक्रिय रहेका छन् । उनले आफ्ना विचारहरु सामाजिक सञ्जालमा पोखिरहेका हुन्छन् ।

उनै केदार घिमिरेले मंगलबार साँझ एउटा तस्वीर फेसबुकमा राख्दै स्वार्थीको सहर भनेका छन् । उनले यहि अवसरको सहर पनि लेखेका छन् । साथै उनले सहरलाई रोगको भण्डारको उदाहरण समेत दिएका छन् । राजधानीमा अहिले छ्यापछ्याप्ती कोरोना फैलिएपछि यो कुरा उल्लेख गरिएको बुझिन्छ ।

उनले लेखेका छन,‘अवसरको सहर । स्वार्थी सहर । अवसरवादीको सहर । सपनाको सहर । आ–आफ्नै दृष्टिकोण तर अहिले रोगको भण्डार सहर । स्टे सेफ।’ vउनले पोस्ट गरेको फोटोमा सहरको पृष्ठभूमिमा अस्ताउदै गरेको सूर्य देख्न सकिन्छ । उनले आफैले खिचेको फोटो हो भनेर दर्शाउनका लागि ‘फोटो–नव–फोटोग्राफर केदारप्रसाद घिमिरे’ लेखेका छन् ।