फिल्म ‘गंगूबाई काठियावाडी’लाई दैनिक तीन लाख घाटा
भारतमा बढ्दो कोभिड महामारीका कारण यसको असर बलिउडलाई पनि परेको छ । लकडाउन र निषेधाज्ञाका कारण ठूला बजेटका फिल्मको सुटिङ पुरा हुन सकेको छैन ।
जसमा फिल्म ‘गंगूबाई काठियावाडी’ पनि एक हो । दैनिक जागरणका अनुसार यो फिल्मको अब तीन दिनको सुटिङ मात्र बाँकी छ । तर अभिनेत्री आलियालाई कोभिड पोजेटिभ देखिएपछि फिल्मको सुटिङ रोकिएको थियो ।
फिल्ममा एक पाश्र्वगीत छ, जुन गीत आलियामाथि बनाइएको छ । यो गीतको सुटिङ पछि फिल्मको सम्पूर्ण काम पुरा हुनेछ ।
फिल्ममा आलियाको बिना लिपसिंक एक गीत पनि छ । जुन गीत सुटिङ भइसकेको छ । फिल्मका निर्देशक चाँडै नै सुटिङ पुरा गर्न चाहन्थे, तर आलियालाई कोरोना संक्रमण भएपछि सुटिङ रोकियो ।
फिल्म सिटीमा यो फिल्मका लागि एक विशाल सेट निर्माण भइसकेको छ । जहाँ एक मात्र गीतको सुटिङ गरिनेछ ।
फिल्म सिटीबाट फिल्मको सेट नहटाएका कारण निर्माण सञ्जय लीला भन्साली र जयन्तीलाल गढालाई दैनिक ३ लाख रुपैंयाँको घाटा भइरहेको छ । त्यहीकारण निर्माताहरु पुनः सुटिङ गर्ने जोखिम लिन चाहेका छैनन् ।
लकडाउन खुलेपछि पनि सुटिङ गर्ने योजनामा भन्साली रहेका छन् ।
यो फिल्ममार्फत कमाठीपुराको दुई सय वर्ष पुरानो वास्तविक इतिहासलाई देखाउन खोजिएको छ । फिल्ममा आलियासँगै अजय देवगन पनि देखिँदैछन् । फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।
प्रतिक्रिया