सरकारप्रति पलको आक्रोश, लेखे,‘वाह सरकार तिम्रो नियत’

अभिनेता पल शाह कोरोना संक्रमितको अक्सिजनका कारण धमाधम निधन हुन थालेपछि अक्सिजन खोज्दै वितरणमा लागेका छन् । उनी दिनरात नभनी आम नागरिक प्रति लागि लागिपरेका छन् । उनले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएर वितरण गर्न लागेको कुरा सामाजिक सञ्जालमा उल्लेख समेत गरेका छन् ।

उनले विहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै हालै सरकारले गरेको निर्णयप्रति आक्रोशित बनेका छन् । उनी आक्रोशित हुनुको कारण हो नेपाल सरकारले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णयमा । यो निर्णय हालै पर्यटनमन्त्री भानुभक्त ढकालले गरेका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नियत !! सन्दर्भ : आज सरकारले ४०० रुपैयाको अक्सिजन नपाएर म्रुत्यु भएका लाश जलाउनेलाई थप १००० रुपैया भत्ता दिने बारे ..। (कोभिडको कारणले मृत्यु हुने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनी प्रती भावपूर्ण श्रदान्जली !! मृतकका आफन्त प्रती भागवानले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन ।’