ऋषि कपूरको निधनपछि एक्लिइन् नीतू, छोरा रणबीरसँग बस्दिनन् आफैंले गरिन् खुलासा

बलिउड अभिनेता ऋषि कपूरको निधन पछि उनकी पत्नी नीतू कपूर एक वर्षदेखि एक्लै छिन् ।

 

अभिनेत्री नीतू कपुरले हालै दिएको अन्तरवार्तामा थुप्रै मुद्दाबारे कुराकानी गरेकी छिन् । उनले आफू आफ्ना बच्चाहरुसँग नभई एक्लै बस्ने पनि बताइन् । नीतूले आफ्ना बच्चाहरु आफ्नो जीवनमा सेटल भएको हेर्न चाहेको बताइन् ।

अघिल्लो वर्ष ऋषि कपुरलाई गुमाएकी नीतू एक्लै बस्ने गर्छिन् । पति ऋषिको निधन पछि उनी न त छोरी रिद्धिमासँग बसेकी छिन्, न त छोरा रणवीर कपूरका साथ नै ।

दैनिक भास्करका अनुसार नीतूले छोरी र छोरासँग नबस्नुको कारण खुलाएकी छन् । उनले आफूलाई गोपनियता मनपर्ने भएकाले ऋषिको निधनपछि छोराछोरीसँग नबसेको जनाएकी छन् ।

नीतू भन्छिन्, ‘म आफ्नो सन्तानलाई उनीहरुकै जीवनमा व्यस्त हुन दिन्छु । म उनीहरुलाई मेरो मुटुमा रहनु, मेरो शीरमा नचढ्नु भन्छु । महामारीका समयमा जब रिद्धिमा मसँग एक वर्ष बसिन्, त्यो बेला म निकै तनावमा थिएँ । किनकी उनी फर्किइनन् । म बेचनै थिएँ, म ‘उसलाई तिमी जाऊँ, भरत एक्लै छ’ भन्थें ।  म साँच्चै नै उनलाई टाढा पठाउन चाहन्थेँ किनभने मलाई मेरो प्राइभेसी मनपर्छ र मलाई यस्तै जीवन बाँच्ने बानी परिसक्यो ।’ म एक्लै जीउन चाहन्थें’, उनले भनेकी छन् ।

नीतूका अनुसार रिद्धिमा पढ्नका लागि लण्डन गएपछि उनी कैयौं दिनसम्म रोएकी थिइन् । उनलाई कोही भेट्न आउदा पनि उनी रुन्थिन् ।

उनले भनिन्, ‘यो देखेर रणबीरले मलाई ‘आमा, तपाईंले मलाई माया गर्नुहुन्नँ’ भन्थ्यो । तर यस्तो होइन, त्यतिबेला मैले आफ्नो जीवनमा बच्चाबिना बस्न सिकिसकेकी थिएँ । त्यसैले जब पुनः त्यस्तै भयो तब म तयार थिएँ । मलाई लाग्छ कि जब उनीहरु विदेशमा थिए तब मैले एक्लै बस्न सिकेकी थिएँ ।’

नीतू थप्छिन्, ‘उनीहरुको आफ्नै जीवन छ । उनीहरु आउँदा मलाई राम्रो लाग्छ तर उनीहरु आफ्नो घर जाउन् भन्ने म चाहन्छु । म उनीहरुलाई भन्छु कि मलाई दिनदिनै नभेट तर सम्पर्क भने आउ । उनीहरु सधैंभरी मेरो वरिपरी नै होउन् भन्ने म चाहन्नँ । म निकै आत्मनिर्भर छु । मलाई यस्तै जीवन मनपर्छ ।’

नीतू आफ्नो सन्तानलाई जीवनमा आफैं अघि बढ्न प्रेरित गर्छिन् । त्यहीकारण केही दिनका लागि छोराछोरी भेटन् आए पनि उनी छोराछोरीलाई घर फर्किन आग्रह गरिहाल्छिन् ।

नीतूले ऋषिको निधन भएपछि फिल्ममा पुनः काम सुरु गरेकी छन् । उनी फिल्म ‘जुग जुग जियो’मा देखिँदैछिन् । फिल्ममा अनिल कपूर, किआरा आडवाणी, वरुण धवन पनि छन् ।