गाउँघरमा रमाउदै शितल केसी

कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा लागु गरेको दुइ साता वितिसकेको छ । । सरकारले निषेधाज्ञा लागु गरेपछि कलाकारहरु कोही समाज सेवामा लागेका छन् भने कोही घरमा बसेर फिल्म हेर्ने तथा किताव पढ्ने काम गरिरहेका छन् ।

अभिनेता सितल केसी भने आफ्नै गृहजिल्ला अर्घाखाँची पुगेका छन् । उनी त्यहाँ कोभिड नफैलियोस भनेर गाउँमा सबैलाई सचेत गराइरहेका छन् भने आइसोलेसन जस्ता कामहरु गरिरहेका छन् । उनले भने,‘सरकारले राजधानीमा निषेधाज्ञा गर्ने हल्ला चलेपछि नै गाडी चढेर गाउँ आइपुगेको छु । यहाँ आएर घरको काम तथा साथीभाई मिलेर कोभिडका बिरामीका लागि हामे आइसोलेसन जस्ता कुराहरु निर्माण गरिरहेका छौँ ।’
उनले गृहजिल्लाबाट नै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् । मेरोफिल्मसँगको कुराकानीमा यस्तो महामारीमा घर भित्र सुरक्षित तरिकारले बस्न आग्रह गरेका छन् । सिरियल हुदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् ।

नेपाल टेलिभिजनको सिरियल गहना , वंश , तिमी पुरुष ,भाग्य आ आफ्नो , शंका, आफन्त , यात्रा जीन्दगीको, झड्का, लगायत हुन् । त्यस्तै फिल्म जाल, आफन्तको माया , द्धन्द, पापी संसार, दिवानापन, त्रिदेब, एक पलको जीवन, हाम्री चेली , मेरो राजेश दाई दिपशिखा, समाली राख है,बीर बहादुर दंग पर्छ ,लगायमा अभिनय गरेका छन् ।