गौरवले साथ नदिएपछि उत्साहाको बेदना


गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीतमा तयार भएको ‘जसले मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा निर्देशक समन अधिकारीले बुहारी पनि छोरी जस्तै हुन् यसैले उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिएका छन् ।

यो गीतको भिडियो गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन छ । भिडियोमा आफूले प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने वेदना देखाइएको छ ।