अस्पतालमा कोरोना जित्दै गरेका मदनकृष्णले भने ‘आत्मबल ठूलो कुरा रहेछ’
लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अहिले अस्पतालमा कोरोनासँग लडिरहेका छन् ।
उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उनले कोरोनालाई छिट्टै परास्त गर्ने परिवारलगायत आफन्तले बताएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएको तथा उहाँले कोरोनालाई परास्त गर्ने क्रममा रहनु भएको छ ।
कलाकार दीपकराज गिरीले पनि सामाजिक संजाल मार्फत श्रेष्ठको स्वास्थ्यमा सुधार भएको जनाएका छन् । गिरीले बुधवार साँझ कलाकार श्रेष्ठसंग भिडियो कल गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
आफ्नो फेसबुकमा कलाकार श्रेष्ठसंग कुराकानी गरेको तस्बिर शेयर गर्दै गिरीले लेखेका छन्–‘आज मदन दाइसंग फोनमा कुरा भयो । मदन दाइ यो उमेरमा पनि उच्च मनोबलसहित कोरोनालाई परास्त गर्ने क्रममा हुनुहुन्छ ।’
‘आत्मबल ठूलो कुरा रहेछ दीपक’ श्रेष्ठको भनाई उल्लेख गर्दै दीपक अगाडि थप्छन् ‘उहाँसँग थुप्रै उपयोगी कुराहरु भयो । म मन्त्रमुग्ध हुँदै उहाँका कुराहरु सुनि रहेँ ।’
छुट्टिने बेलामा अनुमतिबाट एउटा फोटो समेत खिचेको बताएका दीपकले श्रेष्ठ मुस्कुराइरहेको तस्बिर समेत खिचेका छन् । जुन तस्बिर कोरोनासँग जुधिरहेका सयौं बिरामीको आत्मबल बढोस् भनेर उनले सामाजिक संजालमा पोष्ट समेत गरेका छन् ।
प्रतिक्रिया