के नेपाली फिल्म पुरानै लयमा फर्कन १० बर्ष लाग्छ ?

कोरोना महामारीका कारण १३ महिना देखि फिल्म हल बन्द अवस्थामा रहेका छन् । केहि समय कोरोना महामारी कम भएको अवस्थामा ४ वटा नयाँ फिल्म चल्दै पुनः बन्द हुनुपरेको अवस्था छ ।

कोरोनाको चपेटामा नराम्ररी पछारिएको फिल्म हलका साथै नेपाली फिल्म महामारीको भन्दा अघिको अवस्थामा फर्कन १० वर्ष लाग्ने चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले बताए । उनले नेपाली फिल्म पुरानै अवस्थामा फर्किन १० बर्ष लाग्ने विश्लेषण सुनाएका हुन् ।
उनले वर्षमा सय नेपाली फिल्म बन्दै आएकोमा अव त्यो अवस्था नरहेको बताए । उनले ८० प्रतिशत भन्दा बढी नयाँ निर्माताले फिल्म बनाउँदै आएकोमा अव त्यसो नहुने तर्क गरे ।

कोरोना महामारीको बीचमा र अगाडी गरि ८० भन्दा बढि फिल्म प्रदर्शन गर्न नपाई थन्किएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनको ‘प्रेम गीत ३’ शिवहरी पौडेलको ‘लक्का जवान’ त्यस्तै ‘चपली हाइट३’लगायत फिल्म कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन । तत्काल कोरोना महामारी साम्य हुने अवस्था छैन । यस कारण पनि अहिलेको फिल्म प्रदर्शन लामै समय पर धकेलिने अवस्थामा रहेको छ । केहि फिल्महरु निर्माण भइरहेता पनि दर्शकले अपेक्षित फिल्म बने निर्माण हुन सकेको छैन ।