‘प्रेमगन्ज’ टिम ६० प्रतिशत छायांकन सकेर काठमाण्डौ फर्कियो

चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको फिल्म प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाण्डौ फर्किएको छ ।

काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म फिल्म छयांकन गरि सम्पूर्ण युनिट काठमाण्डौ फर्किएको हो । हाल सम्म फिल्मको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाण्डौमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानिया, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गिता अधिाकारी, पवन भट्टराई, संजोग रसाईली, गित बिष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत फिल्म खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुन लागेको यस फिल्मका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस फिल्मले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस फिल्मका निर्देशक परिच्छेद सेनले बताए ।