निफमा पारिश्रमिकको विभेदबारे दीपा,करिश्मा र रक्षाको यस्तो धारणा

नेपालमा धेरै पारिश्रमिक लिने अभिनेताहरुमा प्रदीप खड्का, अनमोल केसी, पुष्प खड्काको नाम लिने गरिन्छ । उनीहरुले एउटा फिल्म खेले बराबर ५० लाखसम्म लिने गरेका छन् । यसैबीच अभिनेत्रीहरुमा पनि पारिश्रमिक बढ्ने क्रम जारी रहेको छ । तर, कमै मात्र हिरोइनले आफ्नो पारिश्रीमक २० लाख तोकेका छन् ।

अभिनेत्री पुजा शर्माले केहि वर्ष अघि नै आफ्नो पारिश्रीमक २० लाख भनेर तोकिसकेकी छन् भने अर्की अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘चिसो मान्छे’मा १८ लाख पारश्रीमक पाएको समाचार बाहिरियो । यो बाहेक अन्य अभिनेत्रीको पारिश्रमिक कति भन्ने नै छैन । यो भन्दा कम लिने गरेका छन् । यि बाहेकका अभिनेत्रीहरुले आफ्नो पारिश्रमिक यति नै भनेर तोकेको पाइदैन ।

यस बारेमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पारिश्रमिकमा विभेद हुनुलाई पितृसत्ताक सोचको उपज भएको बताएकी छन् । हालै भएको अन्तराष्ट्रिय फिल्म महोत्सवमा महिला फिल्मकर्मीले बोल्नेक्रममा दीपाश्रीले महिला कलाकारलाई पारिश्रमिक मै विभेद हुनु पितृसत्ताकको सोच भएको बताएकी छन् । उनले यो रोग फिल्म क्षेत्रसँगै अरु क्षेत्रमा रहेको पनि रहेको औल्याएकी छन् । उनले कलाकारहरुले पारिश्रमिकको बारेमा बोलेता पनि अहिलेसम्म लागु नभएको दावी गरेकी छन् । उनले भनिन्,‘अभिनेत्रीहरुले यति पारिश्रमिक लिए भन्ने समाचार आइरहेका हुन्छन् । त्यो फिल्म क्षेत्रमा लागि खुसीको कुरा हो तर यो सबै अभिनेत्रीहरुको हकमा भने लागू भएको छैन ।’

त्यस्तै, कार्यक्रममा अर्की निर्देशक रक्षा सिंह राणाले आफूले पारिश्रमिकको मामलामा विभेद सहनु नपरेको तर्क गरिन् । उनले आफुले काम गर्दा अरु निर्देशकको तुलनामा कम नपाएको दावी गरेकी हुन् । आफुले पुरा पारिश्रमिक पाएता पनि अन्य महिला फिल्मकर्मीलाई दिइने पारिश्रमिकमा भने विभेद रहेको बताइन् । यस्तो विभेद्को अन्त्य गर्नुपर्नेमा समेत उनले जोड दिइन् । अभिनेत्री करिश्मा मानन्धरले पनि अहिलेको अवस्थामा नेपाली फिल्ममा महिला कलाकार र पुरुष कलाकारबीच पारिश्रमिकको कुरामा विभेद् रहेको बताएकी थिइन् ।