अमिताभको कोभिड सेन्टलका लागि २ करोड सहयोग

भारतमा कोरोनाका कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या भयावह हुन थालेपछि बलिउडका कलाकार चिन्तित बन्न थालेका छन् । भयावह अवस्था सिर्जना भएपछि बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना संक्रमितको उपचारका लागि भन्दै दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् ।
यहि सोमबारदेखि संचालनमा हुने भनिएको यो सेन्टलमा ३ सय बेड हुनेछ । यसका लागि अमिताभले २ करोड रुपैया आर्थिक सहयोग गरेका हुन् । यस बिषयमा अकाली दल पार्टीका राष्ट्रिय प्रवक्रा मनजिन्दर सिंहले जानकारी दिएका हुन् । साथै कोभिड केयर फेसिलिटी रकाबगंज गुरुले पनि अमिताभले २ करोड दिएको कुरा सामाजिक संजालबाट दिएका छन् ।
आफै कोरोना संक्रमित बनेर निको भएका अभिताभले भारत सरकारलाई सहयोग गर्न समेत अपिल गर्दै आएका छन् । कोरोना महामारी विरुद्ध एकजुट पनि आह्वान गरेका छन् ।