बाबरी टिम फर्कियो


पूर्वको बुधबारेमा छायांकन भैरहेको फिल्म बाबरीको फस्ट सेड्यूल सकिएको बताएको छ फिल्मको टिमले । हुनत, यो सेड्यूल योजना अनुसार नै सकिएको भने होइन ।

देशभर कोरोना भाइरसका कारण लकडाउन भएपछि यो फिल्मको पहिलो सेड्यूल सकिएको भनेर भनिएको छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनिरहेको यो फिल्मको ११ दिन छायांकन भयो । अभिनेत्री अदिती वुढाथोकी र अभिनेता धिरज मगरको मुख्य भूमिका फिल्ममा छ ।

फिल्मको छायांकन गर्दा गर्दै कोरोना बढेपछि ११ दिनमै पहिलो सेड्यूल सकिएको जानकारी गराएर फिल्मको टिम राजधानी फर्किएको हो ।

धेरै फिल्म रोकिए । यो फिल्म पनि रोकियो अब । काम सुरु गरेपछि कहिले सकिन्छ भन्ने पिर ।