गलत समाचारका कारण तनावमा प्रमोद , भन्छन्,‘म दुर्घटनामा परेको छैन’

गायक प्रमोद खरेल दुर्घटना परेको भन्दै हिजो एकाएक समाचार बाहिरिएपछि उनले खेद् प्रकट गरेका छन् । आफु कतै दुर्घटनामा नपरेको र यस्ता समाचार नलेख्न सबैमा आग्रह गरेका छन् । उनले ,‘सामाजिक सञ्जाल फेसबुकमार्फत आज लाइभ आएर यो आग्रह गरेका हुन् ।

आफु काठमाडौमा नै बसिरहेको यस्ता कुनै दुर्घटनामा नपरेको आफ्ना आफन्त तथा शुभचिन्तकलाई चिन्ता नलिन भनेका छन् । हिजो विभिन्न अनलाइन मिडियाहरुले प्रमोख खरेल दुर्घटनामा परेको भन्दै हस्पिटलको तस्विर सहित समाचार बनाएका थिए । जुन कुरा झुटो रहेको प्रमोदले भिडियो लाइभमा भनेका छन् । आफु नयाँ गीतको अभ्यासमा रहेको र अभ्यास गरिरहेको बताएका छन् ।

https://www.facebook.com/watch/live/?v=491189745253289&ref=watch_permalink