भारतका लागि प्रियंकाले उठाईन् एकै दिनमा २ करोड ५० लाख
अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले एकै दिनमा २ करोड ५० लाख भन्दा बढि रकम सहयोग प्राप्त गरेका छन् । भारतमा भयावह रुपमा फैलिएको कोरोना भाइरसका विरुद्धको लडाईंमा सहयोग गर्न अपिल गरेको २४ घण्टामा यत्रो रकम जम्मा भएको हो ,
अमेरिकामा बस्दै आएका यो जोडीले केहि दिन अघि भारतमा कोरोना संक्रमित बढेको भन्दै कोरोना विरुद्धको खोप दिन अमेरिका सरकारसँग माग गरेको थियो ।
२४ घण्टामा २ करो ५० लाख रकम आफ्नो फाउन्डेसनमा जम्मा भएपछि प्रियंकाले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यबाद दिएकी छन् । उनले आफ्नो इन्स्टा अकाउन्टबाट श्रीमानसँगको एक भिडियो शेयर गर्दै सबैलाई धन्यबाद दिएकी हुन् । उनले उक्त भिडियोमा लेखेकी छन् ‘टुगेदर फर इन्डिया । तपाईंहरु सबैलाई सपोर्ट र डोनेसनका लाथि हृदयदेखि धन्यवाद । तपाईंको कन्ट्रिब्यूशन भारतमा बढिरहेको कोभिडको विरुद्ध लड्न ठूलो सहयोग मिल्नेछ । प्लिज डोनेट गर्नुहोस् ।’
https://www.instagram.com/priyankachopra/channel/?utm_source=ig_embed
प्रतिक्रिया