राकुलले गर्ने भइन्‘कन्डम परिक्षक’
साउथ फिल्मबाट सफलता हासिल गरेकी बलिउड अभिनेत्री राकुल प्रित सिंहको अहिले फिल्मी बजारमा चर्चा चलेको छ । उनको चर्चा चल्नुको निकै रोचक रहेको छ । उनी एक नयाँ फिल्ममा ‘कन्डम परिक्षक’को भूमिकामा देखिदैछिन् ।
जहाँ उनले कथा भन्नुपर्ने हुन्छ । उनको यस फिल्ममा फरक भुमिका रहेको कारण पनि उनी चर्चामा रहेकी छन् । भारतिय मिडियाका अनुसार राकुलले यस फिल्ममा कथा फरक र यूनिक लागेपछि अभिनय गर्न राजी भएकी हुन् । उनले फिल्मका काम गर्न राजी भएता पनि कागजी सम्झौता भने भइसकेको छैन । तर, मौखिक रुपमा कुराकानी भने भइसकेको छ ।
यस फिल्मको कथावस्तुमा कन्डम उत्पादन गर्ने कम्पनीले बजारमा आफ्नो उत्पादन पठाउनु अगाडि गरिने परिक्षणमा बारेमा रहेको छ । परिक्षणका लागि जहाँ एक यूवतीलाई नियुक्त गरिने छ । त्यहि युवतीको भुमिकामा राकुलले निभाउने छिन् । उनले यो फिल्मका लागि अफर आउदा आफु निकै उत्साहित भएको कुरा भारतिय मिडियाले जनाएका छन् । यस अघि कथा भन्ने फिल्ममा आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता अभिनेताले काम गरिसकेका छन् ।
प्रतिक्रिया