बोर्डको रोवरमा चलचित्र विपद् व्यवस्थापन कोष स्थापना

कोरोनाको दोस्रो लहर फैलिएसँगै फिल्मकर्मीले राहतकोषमा स्थापना गर्न थालेका छन् । कोरोनाको कहरबाट प्रभावित बनेका फिल्मकर्मीलाई राहत प्रदान गर्ने उदेश्यले विपत व्यवस्थापन कोष स्थापना भएको गरिएको हो । उक्त कोषमा फिल्मका निर्माता, कलाकार, प्राविधिक तथा निर्देशक समाज संलग्न रहेका छन् ।

चलचित्र कलाकार संघ तथा निर्देशक समाजले एक विज्ञप्ती जारी गर्दै आर्थिक संकट र विपतमा परेकालाई सहयोग गर्नका लागि कोषको स्थापना गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा देश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आग्रह गरिएको छ ।

कोष चलचित्र विकास बोर्डको रोहवरमा स्थापित भएको हो । विकास बोर्ड अन्तर्गत रहेको कोषका लागि सिटिजन बैंकमा खातामा रकम जम्मा गर्न सकिने छ । महामारीसँग सबै चलचित्रकर्मी एकजुट भएर लाग्न समेत निर्देशक समाजले विज्ञप्तीमार्फत भनिएको छ ।