साम्राज्ञीले पनि थालिन् अनलाइन व्यवसाय

नेपाली फिल्मका कलाकारले बैकल्पिक आम्दानीको बाटो रोज्न थालेका छन् । फिल्म क्षेत्रको हालत डामाडोल भएपछि फिल्मकर्मीहरु वैकल्पिक बाटो रोज्न थालेका हुन् । गत वर्षको लकडाउनले गर्दा नेपाली फिल्म उठ्न नसक्ने भएपछि केहि महँगा कलाकार अन्य आम्दानीको स्रोता खोज्न थालेका हुन् । यहि भिडमा अभिनेत्री साम्राज्ञी आरएल शाहले पनि आफ्नै व्यवसाय खोलेको समाचार बाहिरिएको छ । उनले अनलाइन व्यवसाय सुरु गरेकी हुन् ।
लकडाउनको समयमा साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी छन् । उनको अनलाईन सपिङबाट ‘प्याप’ (प्याप्ड) तथा महिलाले लगाउने पहिरन मात्र बिक्रि वितरण गरिने छ । यस अनलाइन स्टोरबाट नेपालमै तयार गरिएकाका पहिरन बिक्री हुनेछन् । अहिले अभिनेत्री साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘प्याप’ स्टोरमा उपलब्ध पहिरन लगाएर फोटोसुट गर्दै सार्वजनिक गरिरहेकी छन् ।
२०७७ सालको लकडाउनपछि अभिनेता पुष्प खड्कासँग फिल्म ‘तिम्रो मेरो साथ’ मा अभिनय गरेकी थिइन् । त्यसपछि मिलन चाम्सको फिल्ममा अभिनय गर्ने भनिएता पनि पुन देशमा लकडाण्न भएपनि अन्योलता छाएको छ । कलाकार तथा निर्माता दीपकराज गिरी गत वर्षबाट नै फम हाउसको सुरुवात गरेका छन् । उनले फिल्म क्षेत्र केहि वर्ष उठ्न नसक्ने भन्दै कृषि फाम खोलेका हुन् ।