‘लिलीबिली’ लफडा किनारा लागेको निर्माता गोविन्दको दाबी

फिल्म ‘लिलीबिली’ का निर्माता गोविन्द शाहीको लफडा सकिएको छ । उनले आफ्नो विवादलाई अदालतले किनारा लगाइदिएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफूलाई अदालतले न्याय दिलाएको बताए । निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्मको आर्थिक रकम गोविन्द एक्लैले उठाएर लिएको आरोप लगाएका थिए ।

निर्माता तथा वितरक गोविन्दले लेखेका छन्,‘हाम्रो आस्थाको केन्द्र सम्मानित अदालत हो । आज मैले पनि न्याय पाएको छु । सम्मानित अदालत प्रति हार्दिक आभार । सरकारी पदासीन व्यक्तिको अधिकार मिसयुज गरी अरूलाई दुःख दिने काम अरूलाई बिगार्न खोज्नुभन्दा पहिला आफुलाई एक पटक सोच्नुपर्छ भन्ने यो गतिलो जबाफ पनि हो । सहयोगी सबैलाई हार्दिक आभार १ न्यायालयभन्दा ठुलो अरू केही छैन । जय न्यायालय । जय पशुपतिनाथ !’