नयाँ आशा बोकेर जुम्लाबाट फर्किए प्रदिप


राजधानी लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा छ आजबाट । हिडडुल गर्न पाइन्न । फिल्मको छायांकन त हुने कुरा नै भएन । निर्देशक दिनेश राउतले टिम प्रकाशलाई भने राजधानी उतारिसके । जुम्लामा फिल्मको काम सकियो ४२ दिनमा । फिल्म खिचेर अभिनेता प्रदिप खड्का फर्किए ।

४२ दिनसम्म उनले फिल्ममा कस्तो काम गरे, फिल्म रिलिज भएपछि देखिने कुरा हो भनेर भनौ । तर, आशा छ आशा प्रदिपलाई । नयाँ आशा ।

प्रेमगीत फिल्म खेलेका थिए र हिट भएका थिए । फिल्मले उनलाई युवायुवतीको हिरो बनाएको हो । युवतीहरु भुतुक्कै हुन थाले । कती राम्रो, ह्यान्डसम छ त हिरो भन्न थाले । प्रदिपले पनि खेले यस्तै फिल्म । जहाँ उनलाई यूवतीले आई लभ यू भन्दै हलमा चिच्चाएका थिए ।

हुने रहेनछ सधै यसरी नै । बोक्न पर्यो नयाँ कथा । प्रदिपले सोचेका थिए यस्तै । प्रकाश आयो उनको जीवनमा ।

दिनेश राउतले प्रकाशका लागि प्रदिपलाई कडा मेहेनत गराए । अभिनयको कोर्स सिकाए । प्रदिपले प्रकाशमा काम गरे । प्रदिपका लागि प्रकाश आशाको प्रकाश हो ।

करिअरको प्रकाश हो । किनभने, छवि बदल्न छ उनलाई । दर्शकले स्विकार गर्ने हुन् कि होइनन् थाहा भएन । प्रकाशले प्रदिपको छवि बदल्नेछ । प्रदिप भर्सटायल त हुन् । तर, यस्तो फिल्म पनि गर्न सक्छन् भनेर उनलाई देखाउनेछ ।

प्रकाश फिल्मको काम सकिएको छ । निषेधाज्ञामा फिल्मको पोष्ट प्रोडक्शनको काम गर्लान् निर्देशकले । फिल्म रिलिज हुने आशामा छन् प्रदिप । कहिले खै खै । तर, जहिले रिलिज हुन्छ प्रदिपको करिअरमा प्रकाश थप्नेछ भनेर आशा गरौ । प्रदिप त पुरा आशावादी ।