विकास लिम्बु र ममता गुरुङको ‘पलपलमा’
प्रवासमा पनी नेपाली गीत संगीतमा सक्रिय गीतकार केशव बैरागी माइलोको शब्द सिर्जनामा ‘पल पलमा’ गीतको भिडियो द मानस क्रियसन मार्फत सार्वजनिक भएको छ । गीतमा आवाज गायक विकास लिम्बु र गायिका ममता गुरुङको सुन्न सकिन्छ भने संगीत विकास चौधरीको छ ।
आकर्षक रुपमा तयार पारिएको भिडियोमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । इलामको रमणिय स्थानमा छायांकन गरिएको भिडियो भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकार केशव बैरागी माइलोले बताए । पछिल्लो समयमा संगीतमा फरक पन ल्याउने र एक अलग धारको संगीत सिर्जना भएको कारणले पनी गीत ले सफलता पाउनेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ।
विक्रम डिसीको छायाँकन , विर बहादुर थारुको सम्पादन ,ज्ञानु सुब्बाको कोरियोग्राफी तथा उषा मलाहा ‘सिम्रनको’ निर्देशन छ । ‘पल पलमा’ गीतको भिडियोमा आवृति कोइरोला र रेमन कटुवालको अभिनय रहेको छ ।
प्रतिक्रिया