कतै बन्द भए, कतै खुल्दैछन् हल
कोरोनाले चौपट बनाएको क्षेत्र हो फिल्म हलमा । फिल्म हल चौपट । एक बर्ष धेरै भयो हलमा फिल्म गतिलो नचलेको । बन्दको बन्द हल त । हल चलाएर कर्मचारी पाल्न पनि गाह्रो । ९ महिना बन्द भएर ३ महिना खुलेको हल बन्द फेरि । चौपट छ ।
चलचित्र संघले देशभर दर्जन हल सधैका लागि बन्द भएको भनिसकेको हो । अझै, यो अवस्था रहेको खण्डमा त कती बन्द हुने हुन् थाहा भएन ।
हल बन्द भैरहेका छन्, नखुल्ने गरी । तर, हल विस्तार पनि भैरहेका छन् नी । काठमाण्डौको वान सिनेमाज्ले २ पर्दाबाट ३ पर्दा बनायो । कालिमाटीमा २ वटा पर्दाकोहल वान सिनेमाज्को संचालनमा ल्याउने तयारी भैरहेको पनि छ ।
भैरहवा, नेपालगञ्जमा पनि खुल्ने भयो वान सिनेमाज् । जय नेपाल हल बन्द भयो । तर, क्यूएफएक्सले विरगञ्जमा हल खोल्दैछ ।
किर्तिपुरमा पनि हल खुल्ने भयो । किर्तिपुरमा किर्तिपुर सिनेप्लेक्स खुल्ने भयो । हल बनिसकेको छ । हल कोरोनाको अवस्था सकिएपछि सुरु हुनेछ । नरेन्द्र महर्जनले हल संचालनमा ल्याउन लागेका हुन् ।
केही हललाई पुन बनाइएको छ । कतिपय ठाउँमा नयाँ हल बनेका छन् । हल बन्द भैरहेका छन् । कतिपयले यो मौकामा हलको गुणस्तर विस्तार पनि गरेका छन् ।
प्रतिक्रिया