सुपुष्पाको इन्गेजमेन्ट
सुपुष्पा भट्टको कुरा गरौ । नेपाली फिल्ममा उनको चर्चा कस्तो हो ? सामान्य नै हो भनेर भन्नपर्छ । किनकी, सुपुष्पाको फिल्ममा करिअर चम्किएको होइन नी है ।
उनी त चलिरहेकी छिन् जसोतसो । फिल्ममा यस्तै हो भन्ने लागेर हो कि के । सुपुष्पा बेहुली बन्न तयार । फिल्ममा काम गर्ने मानिसहरुको मन मिलेपछि बिहे पनि चाडै हुने रहेछ । होइन भने त कुर्दा कुर्दा के हो के नी ।
सुपुष्पाले इन्गेजमेन्ट गरिन् । बुधबार नै उनले इन्गेजमेन्ट गरेकी हुन् । फिल्म क्षेत्रकै मानिस । निर्माता रौनक विक्रम कँडेलसँग उनले इन्गेजमेन्ट गरिन् । ६ महिनादेखि थियो प्रेम उनीहरुको । प्रेममा रहेका उनीहरुले बिहे गरीहालौ भनेर सोचेका रहेछन् भनेर वुझौ ।
सुपुष्पाले ३ फिल्म मात्र खेलेकी छिन् । तर, उनले करिअर भन्दा अहिले प्रेमलाई बिहेमा परिणत गरौ भनेर सोचेको हुनुपर्छ । सुपुष्पा बधाई छ । बिहेपछि पनि करिअर त आउला नी अघि । निर्मातासँग नै बिहे गरेकी छिन् ।
प्रतिक्रिया