पुजाको लक्षित भनाई कसलाई हो ,‘पैसा कमाउनको लागि अहिले युट्युबर पनि भइसक्यो’

फिल्मका निर्माता छवी ओझालाई अन्तरवार्ता लिएपछि रंगपत्रकार प्रकाश सुवेदीलको दुइ कार्यक्रम बन्द भए । अभिनेत्री शिल्पा पोखरेलको उजुरीका कारण रजटपट र ग्ल्यामर गफ बन्द भयो । यो कार्यक्रम बन्द भएपछि पत्रकार सुवेदीले युटुवबाट भएपनि कार्यक्रम चलाउछु भन्दै कार्यक्रम सञ्चालन गरे ।
पटक पटक विवादमा तानिएको यो कार्यक्रम बन्द हुँदा अभिनेत्री पुजा शर्मा सबै भन्दा बढि खुसी देखिएकी छन् । हालै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिन पुगेकी अभिनेत्री पूजा शर्माले त्यो मान्छे पनि युटुवरमा आइपुगे छ भनेर लक्षित गरेकी छन् ।
उलने प्रकाश सुवेदीको नाम किटान गरेर नबोले पनि उनले भनेकी छन्, ‘पैसा कमाउनको लागि अहिले युट्युबर पनि भइसक्यो नि त उ । पैसा कमाउनका लागि नराम्रो गरेर हुन्छ की के गरेर हुन्छ, पैसा त कमाउनु पर्यो नि । पैसा कमाउन सोच जहाँ छ त्यो गलत हो ।’

उनलाई यहि कार्यक्रममा प्रकाशले गत वर्ष लकडाउनको समयमा देशमा जिल्ला र प्रदेशबारे प्रश्न राखेका थिए । जुन सहि बताउन नसक्दा पुजा ट्रोलको सिकार बन्नु परेको थियो । शिकार बनेपछि अहिले आफुले जिल्ला र प्रदेश सबै कन्ठ गरिसकेको अन्तरवार्तामा भनेकी छन् ।
उनले सबैलाई आफ्नो ख्याल राख्न समेत अनुरोध गरेकी छन् । बाहिर निस्कदा सावधानी अपनाउन सबैलाई दर्शकलाई सुझाव दिएकी छन् ।