यस्तो छ जनयुद्धकै कथामा बनेको ‘दोख’को ‘रातैले बुन्छ’

निर्देशक अनुप बराल निर्देशित फिल्म ‘दोख’को ‘रातैले बुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा फिल्मका केहि दृश्यहरु समावेश गरेर ओएसटीबाट रिलिज गरिएको हो । गीतको भिडियोमा जनयुद्धको कथालाई समावेश गरिएको छ ।

सरकार र माओबादीबीचको जनयुद्धमा फिल्म निर्माण भएको देख्न सकिन्छ । फिल्मको गीतमा लाल सेनालाई देखाइएको छ भने उनीहरुले दुइजनालाई कुटिरहेको गीतको भिडियोमा देख्न सकिन्छ । फिल्मको दृश्य हेर्दा आम दर्शकले जनयुद्धकै कथा फिल्ममा भेट्ने छन् । फिल्मको गीतमा पनि द्धन्द मिसाइएको छ ।

फिल्ममा श्रवण मुकारुङको शब्द, पुष्प संगमको संगीत र झुमा लिम्बुको स्वर रहेको छ । त्यस्तै यो गीतको भिडियोलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । राजन कटैतले लेखेको यस फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । त्यस्तै फिल्मलाई शैलेन्द्र डी कार्कीले छायांकन गरेका छन् ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । निर्देशक अनुपका अनुसार यो फिल्म गत वर्ष नै प्रदर्शनमा ल्याउने तयारी भइरहेको थियो । देशभर लागेको लकडाउनका कारण रोकिएको हो । यस वर्ष पनि कारोनाले गति लिएपछि यो फिल्मको प्रदर्शन अनिश्चित बनेको छ ।