७३ वर्षिया यूनले पाइन् सहायक अभिनेत्रीको अवार्ड
नेपालमा अवार्डमा कसलाई दिने र कसले पाउने भन्ने ज्ञान खासै भएको पाइदैन् । एउटा फिल्म खेल्ने वितिक्कै अवार्ड पाइहालुम भन्ने मानसिकता बोकेका कलाकार तथा अवार्डकर्ता रहेका हुन्छन् । तर, दक्षिण कोरियामा अवार्डको भने बेग्लै महत्व रहेको छ ।
हालै भएको एक अवार्डमा दक्षिण कोरियाली अभिनेत्री यून यू–जंगले सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् । ९३ औँ अस्कर अवार्ड समारोहमा ७३ वर्षिया यूनले सहायक अभिनेत्रीको अवार्ड हात पारेपछि सव्र्रत्र चर्चा भएको छ । उनले ७३ वर्षको उमेरमा पाएको यो अवार्डलाई धेरैले इतिहास रचेको बताएका छन् । युनले फिल्म ’मिनारी’ बाट अवार्ड प्राप्त गरेकी हुन् ।
समाचारका अनुसार यूनले ’मिनारी’ मा हजुरआमाको भूमिका निर्वाह गरेकी छन् । यो फिल्म कोरियन अंग्रेजीमा रुपान्तरित फिल्म हो ।
युन अस्कर अवार्ड जित्ने एसियाबाट दोस्रो नम्बरमा रहेकी छन । यो भन्दा अघि सहायक अभिनेत्रीको अवार्ड जापान–अमेरिकी अभिनेत्री तथा गायिका मिओशी उमेकीलाई सन् १९५८ मा फिल्म ’सायोनारा ’बाट प्राप्त गरेकी थिइन् । तर,साउथ कोरियाबाट भने युन अस्कर अवार्ड जित्ने पहिलो महिला हुन् । यून यू–जंगले ६० को दशकदेखि टेलिभिजन र ७० को दशकदेखि फिल्ममा लगातार काम गर्दै आइरहेकी छन् ।
प्रतिक्रिया