५० करोडको धाक झरेकै हो त सुनिल सेट्टीको
बलिउड अभिनेता सुनिल सेट्टीले आफूमाथि निर्माताले ५० करोडको खर्च गरेर फिल्ममा रिक्स लिन पनि नचाहने बताएका छन् । एक समयमा आफ्नो दवदवा रहदाँ जति भने पनि रिक्स मोल्ने निर्माताले अहिले ५० करोड खर्च गर्न गराएको बताएका छन् ।
‘लगातार एउटै निर्देशक तथा निर्मातासँग काम गर्नु र आफु अभिनित फिल्मले लगातार निर्मातालाई घाटा लगाउनुले पनि यो अवस्था आएको हो ,’उनले भनेका छन् । उनले आफुले सिकेको र भोगे कुरा आफ्नो छोरालाई पाठ हुने एक अन्तरवार्ताका क्रममा भनेका छन् । ‘मैले आफ्नो गल्तीबाट जुन कुरा सिकेँ, त्यो मेरो छोराको करिअरमा काम आउनेछ ।’
फिल्म ‘बलवान’ बाट बलिउडमा डेब्यू गरेका सुनिलले ‘मोहरा, दे दना दन, जानी दुश्मन, बोर्डर, सपूत, हेरा फेरी’ जस्ता हिट फिल्म दिएका छन् । उनलार्य यिनै फिल्मबाट नाम र दाम कमाएका थिए । तर, उनको अभिनय एकनासको भएका कारण होला एक्सन अभिनेताका रुपमा अन्य अभिनेताको जस्तो रहिरहन सकेन । सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, अक्षय कुमारको तुलनामा भने सुनिल कमजोर नै बने । यि अभिनेताको जस्तो सुनिलले पर्दामा राज गर्न भने सकेनन् ।
प्रतिक्रिया