(निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट

कोरोनाको महामारी फैलिन थालेपछि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट गर्ने भएको छ । कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजनागर्ने बताएको हो ।

वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् । फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट प्रभावकारी ढंगबाट देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकको भनाई छ ।
अध्यक्ष पाठकका अनुसार कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कारको व्यवस्था समेत गरिएको छ । कोरोना संक्रमण अत्यधिक बढेका कारण सरकारले यहि बैशाख १६ गतेबाट राजधानीका तिनै शहरमा निषेधाज्ञा जारी हुँदैछ ।