बाबरी फिल्म छाडेका नितश लेख्छन्,‘मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ’

गायक नितेष जंग कुँवरले आफु सांगितिक क्षेत्रमा अगाडी बढेको भन्दै सामाजिक सञ्जालमा आफ्नो भाव पोखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको उल्लेख गरेका हुन् ।

उनले फेससबुकमा लेखेका छन्,‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’तामाझ भर्खर चिनिन थालेका नितेशले दुइ महिना अघि एक फिल्ममा अभिनय गर्ने चर्चा रहेको थियो ।

फिल्म ‘बाबरी’मा काम गर्ने पक्का भएका नितेशले समय नमिलेको भन्दै छायांकनमा निस्कने बेलामा छाडेका थिए । नितेशका ‘गेडै जस्तो जीन्दगी,पिडित ,हाम्रो नेपालमा वुझ्यो होइन कुरा परी, पिडित, धोकेवाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनु’ जस्ता गीत चर्चामा रहेका छन् ।