‘धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन’ –गौरी मल्ल

वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरे । यसै विषयलाई लिएर धेरै जसो कलाकार तथा शुभचिन्तकले धरहरामात्र नभएको देशको शान उठेको भन्दै सामाजिक सञ्जालमा व्यक्त गरिरहेका थिए ।
अभिनेत्री गौरी मल्लले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गरेकी छन् । उनले धरहरा उठेको भन्र्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

गौरीले धरहरा उठेको भन्दै लेखेकी छन्,‘लाग्छ यो पटक धरहराले बलियो बनोट पाएको छ । सानका साथ पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन समक्ष बन्यो । धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीले पनि धरहराको जस्तै बलियो जग भएको जीवनस्टर कहिले पाउने ? हरेक कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने । धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?