कुरा काट्नेलाई करिश्माको जवाफ


करिश्मा मानन्धर मनको कुरा निर्धक्क भनिदिने अभिनेत्री । उनले, मनका कुरा निर्धक्क भन्छिन् र लेख्छिन् ।

फिल्ममा यात्रा, राजीति यात्रा, पढाइको यात्रा । जीवनमा यात्रा त गरेकी हुन् करिश्माले । यही भएर उनी कुरा काट्नेसँग डराउँदिनन् पनि । मनका लागेको कुरा त भनिहाल्ने । राम्रो बानी उनको ।

करिश्माको कुरामा गाली गर्ने, ताली पिट्ने उस्तै । उनले जे लेखेनी गाली पनि आउँछ, ताल पनि आउँछ । थाहा छ उनलाई । यही भएर होला उनले, मानिसहरु जे गरेपनि भन्न त छाड्दैनन् भन्छिन् ।

उनी, मानिसहरुले जे गर्दा पनि भन्न नछाड्ने भन्दै यो एक पलको जीवन खुशीले बिताउन भनेकी छिन् । करिश्माको अनुसार त, उनलाई मानिसहरुले जे भनेपनि जीवन खुशीको साथ बिताउन आउँछ ।