कोरोना कहरलाई बेवस्था गर्दै ‘कबडी ४’को मुर्हत

दैनिक कोरोना संक्रमित बढेका कारण सरकारले फिल्म हल बैशाख मसान्तसम्म बन्द गरिसकेको छ । तर, फिल्म निर्माताले भने फिल्म छायांकन रोकेका छैनन् । अहिले झन्डै एक दर्जन फिल्महरु धमाधम छायांकन भइरहेको छ ।

यसैबीच फिल्म ‘कबडी ४’को आज राजधानीमा मुर्हत गरिएको छ । अभिनेता दयाहाङ राईले हालै पुर्वको धरान तथा विराटनगरका विभिन्न स्थानमा फिल्म ‘बिहे पास’ को छायांकनका केहि सिन बाँकी राखेर राजधानी फर्किए लगत्तै फिल्म ‘कबडी ४’ को मुहूर्त गरिएको हो ।
शनिवार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । कोरोना कहरको त्रास बढिरहेको बेलामा उल्लेख्य मात्रामा समारोहमा फिल्मका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेका थिए ।

निर्माण टिमले यस सिरजिलाई अन्तिम सिरिज भएको जानकारी दिएका छन् । फिल्ममा दयाहाङसँगै सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहने छ । यि कलाकारमध्ये गौमायाले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

देशमा लकडाउन नभएको खण्डमा फिल्मको छायांकन बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने निर्देशक रामबाबु गुरुङले बताएका छन् । उनले भने,‘फिल्मको छायांकन यहि १५ गतेबाछ सुरु गर्ने भनेर तयारीका साथ लागेका छाँै । यदि देशमा लकडााउन भएको खण्डमा केहि समय पछाडी धकेलीने छ ।’

बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बा दुबै मिलेर तयार पारेको फिल्ममा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियारको लगानी रहने छ । फिल्मको छायांकन शैलेन्द्र डि. कार्कीको रहने छ भने सम्पादन निमेश श्रेष्ठको छ । त्यस्तै फिल्मका गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।