मौनताको ‘आँधि तुफान२’ फ्लोरमा

कोरोनाको दोश्रो लहरले फिल्म हल ठप्प बनाएको छ । पाटी प्यालेस र हल तथा व्यवसाय धरासायी भएता पनि फिल्मकर्मीले फिल्म निर्माणलाई तिव्रता दिइरहेका छन् । बिहिबारबाट मौनता श्रेष्ठको निर्माण तथा लेखनमा फिल्म ‘आँधी तुफान २’को छायांकन सुरु भएको छ ।

मदन घिमिरेको निर्देशनमा बनिएको फिल्म ‘आधि तुफान२’को चाबहिलको एक पार्टी प्यालेसमा पूजाआजा गर्दै छायांकन सुरु गरिएको हो ।
फिल्ममा कोरोना संक्रणमा हुन नदिन सावधानीका साथ छायांकन थालिएको निर्माता तथा लेखक मौनताले बताए । उनले भने,‘कोरोना कहरमा नै फिल्म निर्माणमा होमिएका छौँ । सरकारले दिएको मापदण्ड अनुसार नै थोरै कलाकार भेला भएर फिल्मको छायांकन गरिरहेका छौँ ।’

१६ वर्ष अघि निर्माण भएको हिट फिल्म ‘आँधी तुफान’को सिरिजको रुपमा बन्न लागेको यो फिल्ममा सन्जीत भण्डारी कनिज कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुष्कर राउत लगायतको अभिनय रहनेछ ।सस्पेन्स थ्रिलर कथामा निर्माण हुने भनिएको यो फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन निर्देशन, सुरेश अधिकारीको संगीत, कमल राइको नृत्य निर्देशन रहनेछ ।