डि व्वाइज इभेन्ट्सद्धारा अस्ट्रेलियाको क्यानबेरामा ‘गोर्खे’ प्रदर्शन हुँदै

फिल्म ‘गोर्खे’ लक डाउनपछि अस्ट्रेलियामा भब्य प्रदर्शन भयो । अब फेरी दोस्रोपटक उक्त फिल्म प्रदर्शनमा आउने भएको छ ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सले अस्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शन गर्ने क्रममा क्यानबेराका नेपाली दर्शकमाँझ आगामी अप्रिल २३ मा यो फिल्म प्रदर्शन गर्न लागेको हो । गोर्खेको क्यानभेरा प्रदर्शनका लागि डि व्वाइज इभेन्ट्सलाई यु रेमिट हसल फ्रि ले सहकार्य गरेको छ ।
क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुन लागेको फिल्मका लागि टिकट बुकिङ खुला गरिएको छ । डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले दर्शकको उल्लेख्य सहभागिता रहने बताए । उनले भने, ‘सिड्नीको सफलतापछि हामीले क्यानबेरामा प्रदर्शन गर्दैछौं । कोभिडको असरका बाबजुद पनि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन गर्न सकिएकोमा र नेपाली दर्शकले साथ दिएकोमा सबैप्रति कृतज्ञ छु ।’
कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो ।

फिल्ममा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ । यस फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।
छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । कोरोना कहरका बाबजुदपनि यो फिल्म नेपालमा प्रदर्शन भएको थियो । फिल्म हेर्ने दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।