एकान्तबास बसिन् करिश्मा मानन्धर
पछिल्लो समय देशभर कोरोना संक्रमित बढ्न थालेपछि सबैमा त्रास फैलिएको छ । राजधानीबाट घर फर्कनेको लर्को लाग्न थालेको छ भने व्यवसाय पनि चौपट हुन थालेका छन् ।
पुर्व राजपरिवारमा समेत कोरोनाले संक्रमण भएकाले अहिले आम नेपालीमा कोभिडको त्रास ह्वास्तै बढेको अवस्थामा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एकान्तबास बस्ने घोषणा गरेकी । उनले बुधबार अर्थात आज सामाजिक संजाल फेसबुकमार्फत कोभिड जताततै फैरिरहेको भन्दै आफु एकान्तबास बस्न लागेको जानकारी बताएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु’ उनले अगाडि लेखेकी छन् ‘दिनहु दुई पटक बाफ लिने गरौँ ।’ अभिनेत्री करिश्माले सबैलाई सुरक्षा विधिहरु अनिवार्य रूपमा पालन गर्न समेत सबैमा अनुरोध गरेकी छन् ।
प्रतिक्रिया