कोरोनाले छेकेन फिल्म छायांकनमा, आधा दर्जन फिल्म फ्लोरमा

नेपालमा कोरोना संक्रमित दैनिक जसो बढिरहेका छन् । कोरोनाका कारण शैक्षिक संस्था तथा होटल व्यवसाय ठप्प हुन थालेका छन् । सरकारले कोरोना संक्रमित फैलिन नदिनका लागि ५ जना भेला हुन रोक लगाएको अवस्थामा फिल्म क्षेत्रमा भने धमाधमभ छायांकन भइरहेको छ ।

सोमबारबाट एकसाथ दुई फिल्म ‘बाबरी र प्रेमगन्ज’ ले छायांकन थालिएको छ । फिल्म ‘बाबरी’ मोरङको लेटाङबाट छायांकन थालिएको हो भने ‘प्रेमगन्ज’ काभ्रेबाट थालिएको हो । त्यस्तै दुई हप्ता अघिदेखि धरान र विराटनगरका विभिन्न स्थानमा फिल्म ‘बिहे पास’ को छायांकन भइरहेको छ । दीपक श्रेष्ठको फिल्म‘धिन्ताङ’ अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण भएपछि छायांकनमा निस्किएको पनि रोकिएको छ । अभिनेत्रीलाई नै कोेभिड भएपछि निको नहुन्जेल छायांकनमा ननिस्कि निर्देशक दीपक श्रेष्ठले बताए ।

त्यस्तै अहिले छायांकनमा ‘गोर्खा वारियर २, क्रसरोड्स–कथा तिम्रो र मेरो’, अनन्त’, अभियान’, जार’ लगायत छन् । यहि भिमा फिल्म ‘कबड्डी ४’ पनि छायांकनमा निस्कने तयारी गरिरहेको छ । कोभिडका कारण फिल्म हल बन्द भएता पनि सुटिङ भने रोकिएको छैन । कोरोना फेलिने भन्दै सरकारले ३ महिना अघि मात्रै खुलेका फिल्म हल बन्द गराएको हो । फिल्म हल राम्ररी खुल्न नपाउँदै बन्द गर्नु परेकोमा हलवाला निराश भएका छन् ।

गत वर्ष चैत ११ गतेबाट बन्द गरिएको फिल्म हल सरकारले कोरोनाका कारण ९ महिनापछि खुल्ला गरेको थियो । हलवालाले अटेर गर्दै गत पुष १० गते हल सञ्चालनमा ल्याएका थिए भने सरकारले माघ १ गतेबाट ५० प्रतिशत दर्शक राखेर मात्र हल सञ्चालन गर्न अनुमति दिएको थियो । यो हल सञ्चालनमा आएको करिव ३ महिनामा चार वटा फिल्म प्रदर्शनमा आएको थियो । तर ,कुनै पनि फिल्मले सफल व्यापार गर्न भने सकेनन् ।