केकीलाई कोरोना पोजेटिभ देखिएपछि ‘घिन्ताङ’को छायांकन प्रभावित

अभिनेत्री केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ । सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ केकीलाई कोरोना पोजेटिभ देखिएपछि प्रभावित भएको छ । केकीलाई पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर उनले विश्वास नलागेर पुनः टेष्ट गर्दा पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा बसेकी छिन् ।

दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्मको सेड्युल निकै पर सारिएको छ । उनलाई नेगेटिभ नआउन्जेल छायांकन नगर्ने निर्माण पक्षको भनाई छ । यसअघि पनि फिल्मको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो । फिल्मको छायांकन काभ्रेको पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो भने केहि निर्माण यूनिटका प्राविधिकहरु पनौती पुगिसकेको जानकारी समेत बाहिरिएको छ ।