बेल्जियमबाट गरिमाले सार्वजनिक गरिन् ‘बेबी बम्प’ फोटो

अभिनेत्रीमा एकपछि अर्कोले ‘बेबी बम्प’को फोटो सार्वजनिक गर्ने लहर नै चलेको छ । केहि दिन अघि अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवति भएको दर्शाउने फोटोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे लगत्तै ऋचा शर्माले पनि आफु आमा बन्दै गरेको भन्दै श्रीमानसँगको एक तस्विर सार्वजनिक गरेकी थिइन् ।

यहि लहरमा बेल्जियम बस्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि सोहि प्रकृतिका दुई फोटो तथा केहि भिडियो क्लिप सार्वजनिक गरेकी छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा गरिमाले गर्भवति भएको केहि फोटोहरु शेयर गर्दै शुभचिन्तकलाई जानकारी दिएकी हन् । उनले पतिसहित फोटो सहितको तस्विरमा क्याप्सनमा लेखेकी छन्,‘ श्रृस्टिबाट श्रृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ गरिमाले वि.सं. २०७३ को बैशाखमा मा बेल्जियम बस्ने ब्यवसायी हरि शर्मासँग विवाह गरेकी थिईन् ।

https://www.instagram.com/garima_panta/