‘घिन्ताङ’बाट एलिजा र लक्ष्मी आउट केकी इन

फिल्म ‘घिन्ताङ’मा अभिनेत्रीको संकट परेको देखिन्छ । दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘घिन्ताङ’मा सुरुमा अभिनेत्र िएलिजा गौतमलाई अनुबन्धित गरिएको थियो । उनले फिल्ममा अभिनय नगर्ने भन्दै बाहिरिएपछि अभिनेत्री लक्ष्मी बर्देवालाई अनुबन्धित गरिएको थियो । अनुबन्धित भैसकेका दुई अभिनेत्री फिल्मबाट बाहिरिएपछि अभिनेत्री केकी अधिकारी फिल्ममा इन्ट्री गरेकी छिन् ।

किन एकपछि अर्का अभिनेत्रीले यो फिल्मबाट हात झिकिरहेका छन् । त्यो एकिन भएको छैन । यि दुइ अभिनेत्रीलाई स्क्रिप्ट मन नपरेको कारण बाहिरिएको हल्ला बाहिरिए पनि केकीलाई भने मन परेको छ । उनले स्क्रिप्ट र आफ्नो भूमिका मन परेको कारण फिल्म साइन गरेको बताएकी छन् । बैशाख ६ गतेबाछ छायांकनमा जाने भनिएको यस फिल्ममा केकीको दमदार अभिनय रहने छ । हालै केकीले आफ्नो लगानीमा ‘बोक्सीको घर’ को छायांकन सकेकी छन् । यस फिल्मका लागि कपाल खौरिएकी केकीले ‘घिन्ताङ’ मा नक्कली कपालको लगाउने बुझिएको छ ।
यस फिल्ममा केकीले अभिनेता गौरव पहारीसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्ध चित्रण गर्ने फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठले पनि अभिनय गर्नेछन् । साहित्यकार मन्दिरा ‘मधुश्री’ले लेखेको ‘मासुको मूल्य’ कथामा निर्माण हुन लागेको फिल्म बैशाख ६ गतेबाट छायांकन सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।