दीपाले गरिन् दीपकको प्रशंसा


नयाँ कुरा त होइन यो भनेर भनौ । किनभने, अभिनेता दिपकराज गिरीको प्रशंसा निर्देशक दीपाश्री निरौलाले गर्नु ठूलो कुरा भएन नी । सधै गरेकी नै हुन् । तर, विशेष तरिकाले गरिन् भनेर भनौ । जन्मदिन हो, आज दीपकराज गिरीको । दिपकराज गिरीको जन्मदिनमा कार्यक्रम पनि भयो । रेडियो अडियोमा थियो कार्यक्रम ।

दीपकको जन्मदिनमा दीपाले उनको प्रशंसा गरिन् । दीपक जस्तो साथी पाएको भन्दै उनले फुर्काइन् । दीपकको साथ आफू यहाँसम्म आएको भनिन् ।

अझ, उनले त दीपकले हाँस्य कलाकारहरुलाई एकिकृत गरेको भनिन् । तितो सत्य, मेरी बास्सै र जीरे खुर्सानी बन्द भएपनि दीपकले सबैलाई एकिकृत गरेर फिल्म बनाएको भनेर दीपाले प्रशंसा गरेको गरै गरिन् । दीपक पनि मख्ख परे ।

दीपक र दीपा जोडी नेपाली फिल्म र सिरियलमा हिट हो । दीपकले हाँस्य कलाकारहरुलाई जोडेर एक ठाउँमा ल्याएका हुन् कि होइनन्, दीपाले भने जस्तो हो कि होइन । दर्शकले मुल्यांकन गरेकै होलान् नी ।