ऋचा शर्मा आमा बन्दै : भन्छिन् ‘आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भइरहेको छ’

नेपाली फिल्म क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छन् । उनले नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै आमा बन्न लागेको संकेत सामाजिक सञ्जालमार्फत दिएकी छन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

उनले प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको उल्लेख गरेकी छन् । उनले सार्वजनिक गरेको तस्विरमा ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

यो क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’ त्यसपछि अन्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’

https://www.facebook.com/photo/?fbid=318392096310481&set=a.305621367587554