शम्भुजितको फिल्ममा पुष्पलाई अफर, भन्छन्,‘कथावस्तु मन परेको छ’

अहिलेका व्यस्त अभिनेता पुष्पा खड्कालाई लिएर संगीतकार शम्भुजित बाँस्कोटा नयाँ फिल्म निर्माण गर्ने भएका छन् । असारबाट छायांकनमा निस्कने उक्त फिल्ममा शम्भुजितकै कथा रहेको छ । अभिनेता पुष्प खड्काले मेरोफिल्मसंगको कुराकानीमा आफुलाई फिल्मका लागि अफर आएको स्वीकार गरे ।

उनले भने ,‘पहिलो चरणको कुराकानी भइसकेको छ । फिल्मको कथावस्तु मलाई पनि मन परेको छ । सायद अर्को चरणको बैठकमा के हुन्छ थाहा छैन ।’ यो फिल्मको छायांकन सोलुखुम्बुको सगरमाथा आधार शिविरमा गरिने पनि जानकारी दिए । यस फिल्मका लागि अभिनेत्री पनि उतैको हाउभाउसँग मिल्ने भएका कारण अभिनेत्रीको टुङ्गो लाग्न सकेको छैन ।

उतैको कथावस्तु भएकाले सोलुखुम्बु’मा सुटिङ राखिएको पुष्पले मेरो फिल्मलाई बताए । शम्भुजितले यसअघि चलचित्र ‘चौका दाउ’ निर्माण गरेका थिए । तर, फिल्मले सोच अनुसारको व्यापार गर्न सकेको थिएन । अभिनेता पुष्प अहिले फिल्म ‘कृष्ण लीला र तिम्रो मेरो साथ’को छायांकन सकेर बसेका छन् । निकै फिल्ममा अफर आएता पनि उनले कथावस्तु मन नपरेका कारण काम गर्न नसकिएको दावी गरे ।