चलचित्र पत्रकार संघको कल्याणकारी कोष अभियान

चलचित्र पत्रकार संघ नेपालले कल्याणकारी कोष अभियानको थालनी गरेको छ । हिजोबाट यस संस्थाले कल्याणकारी कोषको अभियान चलाउन थालेको हो । संस्थामा रहेका आफ्ना सदस्यहरुको सुरक्षा भत्ता, औषधि उपचार, दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा प्राकृतिक प्रकोपमा सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष समिति खडा गरिएको उल्लेख गरिएको छ । चलचित्र पत्रकार संघले थालेको अभियानमा भनिएको छ ,‘हामी हाम्रो लागि, पेशागत सुरक्षा र सुख दुःखका सारथी, चलचित्र पत्रकार संघ समाज ।’

संघको यो अभियानलाई धेरैले राम्रो प्रशंषा गरेको पाएको छ । संघले फिल्म क्षेत्रको लागि चलचित्र पत्रकारको भूमिका स्मरण गर्दै कल्याणकारी कोषमा सहयोग गरिदिन सम्पूर्ण संघ, संस्था, चलचित्रकर्मी, कलाकार तथा संगीतकर्मीहरुमा अनुरोध गरेको छ । कल्याणकारी कोषका लागि प्रभु बैंकको चलचित्र पत्रकार संघ नेपाल (कल्याणकारी)को खाता नम्बर ००१००००७८८४०००१५ मा सहयोग रकम जम्मा गर्न सकिने संघले जनाएको छ ।