एउटै पेशामा रहेका मानिसहरुसँग प्रतिष्पर्धा हुन्छ –दीपक

केदारप्रसाद घिमिरेको जन्मदिनमा उपस्थित भएका अभिनेता तथा निर्माता दीपकराज गिरीले एउटै पेशामा भएकाहरुसँग नै प्रतिष्पर्धा हुने बताए । कार्यक्रममा उपसिथत भएका दीपकले भने,‘एउटै पेशामा रहेका मानिसहरु प्रतिस्पर्धी हुन्छन् । मित्र कम हुन्छन् । कतिपय मानिसहरुको मित्रता औपचारिकता मात्र हुन्छ ।’

मुन्द्रेको कमेडी क्लवबाट छक्का पन्जा टिमकी दीपाश्री निरौला बाहिरिएपछि दीपाको टिम जितुसँग कुडिएको थियो । केदारको जन्मदिनमा भेला भएका दीपकले एउटै पेशामा भएका मान्छेहरुसँग प्रतिष्पर्धा हुने बताएपछि जितुले आफ्नो कसैसँग मनमुटाव नभएको दावी गरे । कार्यक्रममा उपस्थित भएका दीपक दीपाका अलवा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य,शिवहर पौडेलका अगाडी जितुले आफ्नो र ‘छक्का पन्जा’ टिमसँगको सहकार्य नटुटेको बताए ।

उनले आफूहरु सबै एकसाथ रहेको तर्क गरे । केदार घिमिरेको जन्मदिनको सुभकामना दिदै उनले भन,‘केदारजी, दीपकजी, म र दीपाश्री एकै साथमा छौं, एक साथमा नै रहन्छौं ।’ केदारको जन्मदिनको शुभकामना दिदै दीपाले माग्नेको उन्नती प्रगतीको कामना गरिन् तर जितुसँग बिग्रिएको सम्बन्धका बारेमा खासै कुरा गरिनन् ।