माग्नेको जन्म दिनमा जितु र दीपकलाई मिलेर अघि बढ्न महजोडीको सुझाव

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र हास्य अभिनेता जितु नेपालबीच सम्बन्ध चिसिएको लामो समय भइसकेको छ । लकडाउनको समयमा ‘मुन्द्रेको कमेडी क्लव’शो दीपा बाहिरिएपछि उनीहरुबीच मनमुटाव बढेको हो । हरेक फिल्ममासँग सँगै काम गर्दै आएका दीपा र जितु यहि शोबाट फाटो आएपछि दीपाले निकालेको होलीको गीतमा जितु परेनन् । दीपाले आफैले गाएको गीतमा सबै कलाकार अटाउदा जितु नपरेपछि उनीहरुबीच गहिरो मनमुटाव भएको कुरा बाहिर आयो ।


मुन्द्रेको कमेडी क्वलबाट दीपाश्री निकालिएपछि यसको असर दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरे लगायतसँग जितुको सम्बन्धमा दरार आयो । किनभने हरेक कार्यक्रम तथा फिल्ममा उनीहरुको सहकार्य हुदै आएको थियो । अवका फिल्ममा जितु नरहने हल्ला समेत बाहिरिएको छ । जितुले एक टेलिभिजनको अन्तरवार्तामा केहि आफुमा गल्ति भएको स्वीकार गरेका छन् ।

छक्का पञ्जाका टिमले परिचित हाँस्य कलाकार केदार घिमिरेले केहि दिन अघि आफ्नो जन्मदिन धुमधामका मनाए । उनको जन्मदिनमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल लगायत कलाकार तथा पत्रकारको सहभागिता रहेको थियो ।
केदारको जन्मदिनको शुभकामना दिन पुगेका मह जोडीले सबैलाई मिलेर अगाडी बढ्न सुझाव दिए । हास्यकलाकारमा कुनै प्रतिष्पर्धा नहुने भन्दै अहिलको अवस्थामा मिलेर जान आग्रह गरे ।


‘मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्दाखेरी एउटाले अर्कोसँग प्रतिस्पर्धा नगर्दा राम्रो हुन्छ । बग्गी तान्ने क्रममा दुइवटा घोडा प्रतिस्पर्धामा लागे भने बग्गी अगाडि बढ्न सक्दैन,’मदनकृष्णले भने,‘ हरिवंश र आफ्नो शैली फरक भएपनि ४१ बर्षदेखि सहकार्य गर्दै अगाडि बढिरहेका छौँ । यसरी नै अगाडी बढ्नुस् ,मेरो सुझाव छ ।’ त्यस्तै महका हरिवंशले भने,‘टिम भनेको टिम नै हो । बलियो टिम भयो भने कसैले पनि केही गर्न सक्दैन । अहिले हाँस्य कलाकारहरुले फिल्म क्षेत्रको लिड गर्नुभएको छ ।’