महँगो पारिश्रमिक लिदै रुविनाको ‘डाँडाको बर पीपल ’मा इन्ट्री

ठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्ममा सलोन बस्नेतको जोडी रुविना थापा हुनेछिन् ।

फिल्मका लागि रुविनाले महंगो पारिश्रमिक लिएको बुझिएको छ । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ ।

निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ । ७५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।