एमएएमआईको अध्यक्षबाट राजीनामा दिईन् दीपिका पादुकोणले

बलिउड नायिका दीपिका पादुकोणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज (एमएएमआई)को अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।

उनले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गरेकी हुन्। उनले राजीनामा दिनुको कारण समेत खुलाएकी छन्।

दीपिकालाई दुई वर्ष अघि एमएएमआईको अध्यक्षमा नियुत्त गरिएको थियो। उनले किरण रावलाई ‘रिप्लेस’ गरेकी थिइन्।

आफूसँग एमएएमआईलाई दिनु पर्ने समय नभएका कारण पदबाट रानीनामा दिनु परेको उनले बताएकी छन्।