‘विहानै ऐना हेरेर मुसुक्क हाँस्छु’ – कोमल वली

गायिका कोमल वलीको सञ्चारमाध्यममा प्रायजसो गायन तथा उनको सौन्दर्यको प्रशसा पनि हुनेगर्छ । अरुले प्रशंषा गर्नु ठिकै हो तर, यसपटक भने उनी आफैले आफ्नो सौन्दर्यको प्रशंसा गरेकी छन् । आइतबार भएको राजधानीको जमलस्थित सिल्क फेसनको वार्षिकोत्सव समारोहमा कोमललाइ मुख्य अतिथिको रुपमा निमन्त्रण गरिएको थियो । उनक्त कार्यक्रममा कोमलले आफू राम्रो लाग्ने गरेको बताइन् । उनले आफुलाई नै राम्रो भनेपछि कार्यक्रमको माहोल एकैछिन तातिएको थियो ।

उनले भनिन्,‘मैले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह ! कोमल वली तिमी कति राम्री छौ भन्छुु । आफैले आफैलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिदैन । आँखाहरुलाई इष्र्यालु नबनाउन आफैलाई हेरेर दंग पर्नुपर्छ।’ उनको आफुले आफुलाई गरेको प्रशंषाले निकैलको ध्यान तानेको देखिन्थ्यो । उनले कार्यक्रममा नेपाली डिजाइनरका कस्ट्युम विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको समेत बताईन् । गायिका ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको दावी गरिन् । ‘अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाइनका कस्ट्युम निर्यात भईरहेको छ । यो उर्जाशिल कुरा हो र राष्ट्र निर्माणमा ठूलो योगदान हो ।’

उनले आफु हरेक महिला उद्यमीको साथमा समेत रहेको बताईन् । आफु सबैको प्रतिनिधिको हिसावले पनि आफु हरेक उद्यमी महिलाको साथमा रहेको बताईन् । उनले भनिन्‘,म हरेक महिला उद्यमीको साथमा छु । केहि प¥यो भने सीधै भन्नुहोला, म तपाईँकै प्रतिनिधी हुँ ।’
त्यस्तै, कार्यक्रममा सिल्क फेसनकी संचालक श्रृजना पोखरेलले आफ्नो डिजाईनका कस्ट्युम ग्राहकले मन पराएको बताइन् । उनले अहिलेसम्म महिलाको लागि मात्रै डिजाइन गरेको र अव देखि फेसन हाउसले पुरुषको कस्ट्युम डिजाइन समेत गर्ने बताईन् । कार्यक्रममा विभिन्न व्यत्तित्वको उपस्थिति रहेको थियोे ।